प्रहरी दिवसमा सुदूरपश्चिममा २७ जना प्रहरी पुरस्कृत

६५ औं नेपाल प्रहरी दिवसमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले उत्कृष्ठ प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कार्यरत २७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल प्रहरीले गरेको कार्यको प्रशंसा गरे । उनले अपराधीभन्दा दुई कदम प्रहरी अगाडि हुनुपर्नेमा जोड दिए ।

नेपाल प्रहरीले राष्ट्र, राष्ट्रियता, जनताको हितका लागि सह्रानीय कार्य गरेको छ’, मन्त्री भट्टले भने , ‘परम्परागतभन्दा पनि संगठनले अहिले प्रविधि अनुसार चल्नुपर्छ ।’ अपराध नयाँ-नयाँ टेक्नोलोजीबाट अगाडि बढेको छ, प्रहरीले त्योभन्दा दुई कदम अगाडि बढेर काम गर्न समेत मन्त्री भट्टले आग्रह गरे । उनले प्रदेश प्रहरी गठनका लागि काम अगाडि बढिसकेको बताए । 

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी ऐन निर्माणका लागि रणनीति बारे विज्ञसँग सल्लाह गरेर छिट्टै काम अगाडि बढ्ने बताए । उनले प्रहरीले अन्यभन्दा पनि चेन अफ कमान्डमा चल्नुपर्नेमा जोड दिए ।

प्रदेशमा शान्ति सुरक्षा अमनचयनका लागि पनि प्रदेश प्रहरी गठन छिटो गर्ने आश्वासन दिए । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले अपराध अनुसन्धानका लागि नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

नयाँ–नयाँ प्रविधिको तिव्र रूपमा विकास भइरहेकाले अनुसन्धानका लागि त्यस्ता प्रविधिको आवश्यक रहेको उनले बताए ।



कार्यक्रममा पुरस्कृत हुनेमा संघीय एकाई कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापा, बैतडी जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी गुल्म धनगढीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीका प्रहरी निरीक्षक दीपक पातली, संघीय प्रहरी एकाई कार्यालय धनगढीका प्रहरी नायव निरीक्षक जंगबहादुर शाह रहेका छन् ।

यस्तै प्रहरी नायव निरीक्षक मीनबहादुर धामी, जितबहादुर देउवा, प्रहरी सहायक निरीक्षक रैभानसिंह ऐर, मानमति धामी, प्रहरी हवल्दार सिद्धराज विष्ट, नन्दराम कठायत, अम्मरराम लुहार, हिराकुमारी उपाध्याय, जनककुमार बोगटी, शान्ति पौडेल, तर्कराज पाण्डे रहेका छन् । त्यसैगरी  जवानतर्फ भरतबहादुर विष्ट, धनबहादुर चन्द, भरत विक, अर्जुन विक, महादेव सिंह कार्की, वीरेन्द्र सिंह धामी, जितेन्द्र साहु रहेका छन् ।



प्रहरी नायव निरीक्षक केशव जोशीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रका लागि बलिदान दिएका अमर प्रहरीका परिवारलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम पृतनापति एवम् उपरथी निर्मलकुमार थापा, सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बलका डिआइजी हरिशंकर बुढाथोकी, कैलालीका प्रमुख जिल्ला अधिकारी, विभिन्न जिल्लाका सुरक्षाकर्मी प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी कार्यमा सहयोग पुर्‍याए बापत संस्था र व्यक्तिलाई कदर–पत्र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउने टीकापुर नपा वडा नम्बर २ कैलालीका पूर्व प्रहरी नायव निरीक्षक मोहन नाथ योगी, सोही क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै जानकी गाउँपालिका कैलाली, पद्मा पब्लिक मुक्तिनारायण मावि सिलगढी, बैतडीको सूर्नाया गापा वडा नम्बर ८ का प्रजापति मडै र राष्ट्रिय दलित नेटवर्क बैतडीलाई कदर पत्रले सम्मान गरेको छ ।

  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १८:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया