८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

कैलालीको एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

महेन्द्रनगरस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले धनगढी उप–महानगरपालिका–११ स्थित सीताराम सामुदायिक वनका अध्यक्ष रामप्रसाद रानालाई धनगढीको पार्कमोडबाट ८० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।

रानाले ट्याक्टर चालकसहित बरामद भएको काठको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएको अख्तियारका प्रवक्ता तरानाथ अधिकारीले जानकारी दिए । सव डिभिजन कार्यालय तारानगरले केही दिनअघि ट्याक्टरसहित काठ बरामद गरेको थियो । सव डिभिजन कार्यालयका रेन्जर रामअवतार चौधरीले घुस मागेको भन्दै रानाले सेवाग्राहीबाट उक्त रकम लिएको खुलेको अख्तियारले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १८:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया