कोरोनाको जोखिम अत्याधिक : ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द
ललितपुरको पाटन दरबार क्षेत्र । फाइल फोटो

कोरोना संक्रमण बढेको भन्दै ललितपुरमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।  ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कार्तिक २ गतेबाट  अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी दिएको हो । 

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा सेवाग्राहीको भीड अत्यधिक रहेका कारण  संकमण  फैलन सक्ने उच्च जोखिम भएकाले सेवा बन्द गर्ने निर्णय गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

 जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेत सँगको छलफल, परामर्शका आधारमा यस्तो निर्णय गरिएको सूचनामा जानकारी दिइएको छ ।  





  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार २१:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया