बार्सिलोनालाई गेटाफेको चुनौती
फरकधार / १ कात्तिक, २०७७

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार चार खेल हुँदैछन् । बार्सिलोना र गेटाफेबीचको प्रतिस्पर्धा नेपाली समय अनुसार पौने एक बजे हुनेछ । गेटाफेको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

आजको खेलमा जित निकाल्दै बार्सिलोना आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछ । लिगमा तीन खेल खेलेको बार्सिलोनाले यसअघिका दुई खेलमा जित निकालेको छ भने एक खेलमा पराजित हुन पुगेको छ । 

यस्तै गेटाफे पनि बार्सिलोनालाई घरेलु मैदानमा पराजित गर्दै लिगमा आफ्नो तेस्रो जित निकाल्ने योजनामा छ । लिगमा चार खेल खेलेको गेटाफे एक खेलमा पराजित छ भने एक खेल बराबरी तथा दुई खेलमा जित निकाल्न सफल भएको छ । 

त्यस्तै आज नै हुने अर्को खेलमा साविकको विजेता टोली रियल मड्रिडले काडिचसँग प्रतिस्पर्धा गर्दैछ । रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ । 

आजको खेमला जित निकाल्दै रियल आफूलाई शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । यो सिजन मात्र शीर्ष डिभिजनमा उक्लेको काडिज आफूलाई अंक तालिकामा बलियो बनाउनेका लागि जित्नै पर्ने दबाबमा छ । शनिबार नै हुने पहिलो खेलमा ग्रानाडाले सेभियासँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै सेल्टा भिगोले एट्लेटिको मड्रिडलाई आतिथ्यता प्रदान गर्नेछ ।

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १३:२२:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया