नवरात्रिको पहिलो दिन (शनिबार) काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका थिए । आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् ।
अघिल्ला वर्षहरूको तुलनामा कम भीड भए पनि कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै श्रद्धालु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् । सरकारले भने कुनै पनि मन्दिर र शक्तिपीठमा नित्यपूजा बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तर पनि मानिसहरु कोरोना संक्रमण जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।