‘ओरा आर १’ सबैभन्दा सस्तो बिजुली कार
फरकधार / १ कात्तिक, २०७७

चीनको अटोमोबाइल कम्पनी ग्रेटवाल मोटर्सले दिल्ली अटो सो २०२० मा सार्वजनिक गरेको ‘ओरा आर १’  बिजुली कार सबैभन्दा सस्तो भएको दाबी गरिएको छ ।

कम्पनीले त्यो कारको मूल्य चिनियाँ बजारमा ५९ हजार ८ सय युआन निर्धारण गरेको थियो । नवभारत टाइम्सका अनुसार कम्पनीले सोही मूल्यमा भारतीय बजारमा उतारे यसको मूल्य ६ लाख १५ हजार पर्नेछ। 

कम्पनीका अनुसार यो कार फुल चार्जमा ३५१ किलोमिटर गुड्न सक्नेछ। ‘ओरा आर १’मा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ भने ३३ किलोवाटकै मोटर छ। 

यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।

यसमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। त्यस्तै यसमा कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेसर मोनिटोरिङ सिस्टम, रिवर्स पार्किङ सेन्सर र क्यासरा लगायतका फिचर्स छन्।

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १५:३४:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया