कोरोनाका कारण पहिलो नेपाली छायाकार मास्केको निधन
फरकधार / १ कात्तिक, २०७७

नेपाली फिल्म उद्योगका प्रथम छायाकार बैकुण्ठमान मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको छ । 

मास्के नेपाली फिल्मको पहिलो नेपाली छायाकार हुन् । उनी २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेर  फर्किएका थिए । 

मास्केले ‘परिवर्तन’, ‘मनको बाँध’, ‘हिजो आज भोलि’लगायत दर्जनौँ फिल्मको छायाकन गरेका थिए । फिल्म सम्पादनमा पनि उनी अब्बल थिए । 

मास्के विगत ७ वर्षदेखि मिर्गौलाको बिरामी थिए । आइतबार वनस्थलीस्थित मिर्गौला उपचार केन्द्रमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । 

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १६:४३:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया