दोस्रो कार्यकालका लागि निर्वाचन लड्दै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आगामी निर्वाचन हारेको खण्डमा अमेरिका नै छाड्ने धम्की दिएका छन् ।
नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन् । राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा छन् । दुवै नेता अहिले चुनावी प्रचार–प्रसारमा व्यस्त छन् ।
बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा दिएका छन् । इतिहासकै कमजोर उम्मेदवारसँगको प्रतिस्पर्धामा आफूमाथि जित्नैपर्ने दबाब रहेको उनको जिकिर छ ।
ट्रम्पले म्याकोन र जोर्जियामा आफूले चुनाव हारे अमेरिका नै छाड्न सक्ने बताएका छन् । उनले भनेका छन्, ‘चुनाव हारेँ भने सायद मैले देश नै छाड्न सक्छु, मलाई थाहा छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।