विदेशी खेलाडीलाई सहयोग
फरकधार / १ कात्तिक, २०७७

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।  

लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

आर्थिक हिसाबमा समेत अप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्यमबाट संकलन गरिएको रकमलाई दीपकुमार राई र एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सहयोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेका बेला सहयोग पाउँदा खुसी लागेको बताए ।  

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयोगका लागि अमेरिकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल ३ लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् । 

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १७:३२:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया