कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ ।
रजिष्ट्रारका लागि प्रा.डा. अरविन्द श्रीवास्तव, प्रा.डा. कालिकाबहादुर अधिकारी, प्रा.डा. केशव अधिकारी, प्रा.डा. दिलीपकुमार झा, प्रा.डा. पुष्करबहादुर पाल, प्रा.डा. बलरामकुमार भट्ट, प्रा.डा. भूमिनन्द देवकोटा, प्रा. मुकेशकुमार सिंह, प्रा.डा. मोहन शर्मा, प्रा.डा. शारदा थपलिया र प्रा. श्यामशङ्कर झाको आवेदन परेको उनले जानकारी दिए ।
कृषि सङ्कायका डिनका लागि प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, प्रा.डा. अरविन्द श्रीवास्तव, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा. जयप्रकाश दत्त, प्रा. विष्णुराज ओझा, डा. शिवचन्द्र ढकाल र डा. सन्तोष मरहट्ठाको आवेदन परेको छ ।
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायकको डिन पदका लागि प्रा.डा. पुष्करबहादुर पाल, प्रा.डा. भूमिनन्द देवकोटा, डा. मनोजकुमार शाह, प्रा. मातृकाप्रसाद जमरकट्टेल, प्रा. मुकेशकुमार सिंह, प्रा.डा. सुनिला राई, डा. सुवीर सिंह र प्रा.डा. होमबहादुर बस्नेतको आवेदन परेको छ ।
उपकुलपति रेग्मीले रजिष्ट्रार छनोटका लागि समिति बनाउन लागिएको जानकारी दिए । समितिले पाँच दिनभित्र आवेदकमध्येबाट तीनजनालाई छनोट गर्नेछ । उनीहरुमध्येबाट एकजनालाई रिक्त रजिष्ट्रारमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।