प्रचण्डलाई पुनः भेट्दै कर्णालीका नेकपा नेता

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितका नेताले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पुनः छलफल गर्ने भएका छन् । प्रदेश नेताहरुले जारी विवादबारे आइतबार प्रचण्डसँग दोस्रो भेट गर्न लागेका हुन् । 

प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीसहितका नेताहरूसँग भेटेर दुई अध्यक्षको सहमतिअनुसार अघि बढ्न निर्देशन दिएका थिए । प्रचण्डले भने उनीहरुसँग बिहीबार र शुक्रबार छलफल गरेका थिए । 

मुख्यमन्त्री शाहीविरुद्ध बहुमत सांसदले आइतबार अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्कर्षमा पुगेको विवाद सुल्झाउन भन्दै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षलाई काठमाडौं बोलाएका थिए । 

मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएपछि संसदीय दललगायतका गतिविधि स्थगित छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १९:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया