आइपिएल–२०२० : रोयल च्यालेन्जर्सले राजस्थानलाई ७ विकेटले हरायो
फरकधार / १ कात्तिक, २०७७

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

१७८ रनको लक्ष्य पछ्याएको बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आइपिएलमा छैटौँ जित निकालेको छ । 

टस जितेर ब्याटिङ राजेको राजस्थानले ६ विकेटको क्षतिमा सम्पूर्ण ओभर खेल्दै १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्यका साथ मैदान पसेको बैंगलोरले ७ विकेट बाँकी रहँदै १९.४ ओभर खेलेर लक्ष्य पूरा गर्यो ।
 
ब्याटिङ लाइनमा केही परिवर्तन गर्दै चौथो नम्बरमा मात्र मैदान प्रवेश गरेका कप्तान स्टिभ स्मिथले पहिलो पारीमा राजस्थानका लागि ५७ रनको अर्धशतकीय पारी खेले ।

ओपनिङ ब्याटिङमा आएका रोबिन उथप्पाले ४१ रन बनाए भने बेन स्टोक्सले १५, जस बटलरले २४ रन बनाए भने राहुल तेबतिया १९ रनमा अविजित रहे।

बैंगलोरका लागि क्रिस मोरिसले ४ विकेट लिए भने युजवेन्द्र चाहलले २ विकेट लिए । एबी डिबिलियर्सले सर्वाधिक ५५ रनको अर्धशकीय इनिङ खेल्दै अविजित रहे । कप्तान विराट कोहलीले ४३ रन बनाए भने देवदत्त पोडिक्कलले ३५ रन बनाए भने गुरकिरत सिंहले नट आउट १९ रनको योगदान दिए ।

यता राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल तेबतियाले समान १–१ विकेट लिए ।

बैंगलोरले ९ खेलबाट छैटौँ जितसहित १२ अंक बनाएको छ । अहिले ऊ अंकतालिकाको तेस्रो स्थानमा छ । 

८ खेलबाट समान १२–१२ अंक बनाएका मुम्बई र दिल्ली क्रमशः शीर्षस्थान र दोस्रो स्थानमा छन् ।

राजस्थान रोयल्स भने ५ अंकका साथ सातौँ स्थानमा यथावत् छ ।

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार २०:०:४८,   अन्तिम अपडेट : कात्तिक १, २०७७ शनिबार २०:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया