‘हाम्रो नेपाली किबोर्ड’मा दशैं विशेष स्टिकर, यसरी गर्नुहोस् प्रयोग
फरकधार / १ कात्तिक, २०७७

 ‘हाम्रो नेपाली किबोर्ड’ले दशैं विशेष स्टिकरहरु सार्वजनिक गरेको छ । बडा दशैं, तिहार तथा छठ लगायतका नेपालीका ठूला चाडपर्वहरुलाई ध्यानमा राख्दै एपमा आकर्षक स्टिकरहरु थप गरिएको हो । 

कम्पनीका अनुसार चाडबाड सम्बन्धी नयाँ स्टिकर बिहीबारदेखि सबैले प्रयोग गर्न पाउने गरी सार्वजनिक गरिएको छ ।  

हाम्रो नेपाली किबोर्ड एप हाम्रो पात्रोपछिको नेपालकै लोकप्रिय एप हो । दशैं स्टिकरले चाडबाडमा थप रौनकता थप्ने कम्पनीले आशा गरेको छ । हाम्रो पात्रो इंकका संस्थापक तथा सिइओ शंकर उप्रेतीले चाडबाड झल्काउने र त्यसमा रौनकता थप्ने गरी दशैं स्टिकर तयार पारिएको बताए ।

एप्लिकेशनमा समेटिएका विभिन्न स्टिकरहरु जस्तैः ‘बस यात्रा, नयाँ बाइक, चङ्गा, पिङ, लक्ष्मी पूजा, टीका, जमरा, दक्षिणा, तास, खसी, नयाँ जुत्तालगायत स्टिकरले अवश्य पनि चाडबाडको रौनकता झल्काउने छन्,’ उनले भने । 

प्रयोगकर्ताले दशैं स्टिकर प्रयोग गर्न हाम्रो किबोर्डमा तल बायाँतर्फ अंक र झण्डाको बीचमा रहेको स्टिकर बटनमा ट्याप गर्नुपर्नेछ, त्यसपछि देखिने स्टिकर आइकनको दोस्रो बटनलाई ट्याप गरेर दशैंलगायत हाम्रो नेपाली किबोर्डमा उपलब्ध विभिन्न अनुभूति तथा हाँसो खुशी समेटिएका अन्य अनेकौं स्टिकरहरु प्रयोग गर्न सक्नेछन् । 

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार २०:२१:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया