क्वारेन्टाइनबाट हरिवंश आचार्यले भने– दसैँ दसा हुन सक्छ, विशेष सतर्कता अपनाऔँ
फरकधार / १ कात्तिक, २०७७

कोरोना संक्रमण भएर १३ दिनअघिदेखि क्वारेन्टाइनमा रहेका हास्यकलाकार हरिवंश आचार्यले दसैँ दसा हुने सक्नेतर्फ विशेष सतर्क रहन आग्रह गरेका छन् । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व सम्झन आग्रह गरेका छन् ।

कोरोना लाग्नुअघि डराउन र लागिसकेपछि भने नडराउन सुझाब दिएका छन् । एक कार्यक्रममा भर्चुअल कुराकानी गर्दै उनले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरेका छन् । 

कोरोनाबाट बच्नका लागि आ–आफ्नै घरमा बसेर दसैँ मान्न आग्रह गर्दै उनले भने, ‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला ।’

यो वर्षको दसैँलाई बाँच्ने उत्साहको रुपमा लिन आग्रह गर्दै उनले भने, ‘हामी बाँचिराखे दसैँ अर्को वर्ष पनि आउँछ, भगवान हामीसँगै रहन्छन् ।’

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार २१:८:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया