बेलुका रिपोर्ट पोजेटिभ, बिहान मृत्यु
फाइल फोटो

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा शनिबार बेलुका रिपोर्ट पोजेटिभ आएका कोरोना भाइरस संक्रमित एक वृद्धको बिहान मृत्यु भएको छ । 

विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय वृद्धलाई निमोनियाको समस्या देखिएपछि वृद्धलाई शनिबार बिहान उपचारका लागि नोबेल अस्पताल  पुर्‍याइएको थियो । त्यस क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई कोभिड आइसोलेसनमा सारिएको थियो।

आइतबार बिहान ४ बजे उनको मृत्यु भएको नोबेल अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १४:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया