दशैँका बेला पनि कोभिड–१९ परीक्षणको कार्य यथावत राख्ने निर्णय सरकारले गरेको छ। दशैँ तीन दिनबाहेक अरु दिन प्रयोगशालाहरूलाई पूर्णरूपमा सञ्चालन गर्ने गरी
स्वास्थ्य मन्त्रालय निर्देशन दिने भएको छ ।
कोभिड–१९ परीक्षण गर्ने सबै प्रयोगशालाले नवमी, दशमी र एकादशी बाहेकका अन्य दिन पूर्णरुपमा सञ्चालन गर्न, गराउन निर्देशन दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यी तीन दिनमा पनि परीक्षणको चापलाई हेरेर सञ्चालन गर्ने गराउने निर्णय भएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।