लुम्बिनी प्रदेशका जनप्रतिनिधिले लिएनन् दसैं भत्ता

लुम्बिनी प्रदेशका जनप्रतिनिधिले दसैं खर्च लिएका छैनन् । जनप्रतिनिधिको दसैं खर्च (भत्ता) को चौतर्फी विरोध भइरहेका बेला लुम्बिनी प्रदेशका जनप्रतिनिधिले भने दसैं खर्च नलिने लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रदेशका मुख्यमन्त्रीदेखि सभामुख, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि कसैले पनि दसैं खर्च नलिएको मुख्यमन्त्री प्रेस संयोजक शेर बहादुर केसीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘साढे दुई वर्षको दौडानमा प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गर्दै आइरहेको छ । प्रदेशको विकास जग बसालिसकेको छ । जसका आधारमा प्रदेशको समग्र विकास जिम्मेवारी जनप्रतिनिधिको काँधमा रहेको छ ।’ कोरोनाको महामारीसँगै मुलुकको अर्थतन्त्रसमेत प्रभावित बनेकाले जनप्रतिनिधिहरूलाई दसैं खर्च दिन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आशय रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १९:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया