उस्तै छ भारतमा कोरोना संक्रमण : आजबाट विद्यालय, रेल खुल्दै
फाइल फोटो

छिमेकी देश भारतमा अहिले पनि कोरोना संक्रमणको दर उच्च नै छ ।  पछिल्ला दिनमा दैनिक ६० हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् । दैनिक एक हजारभन्दा बढीको संख्यामा संक्रमितको मृत्यु भइरहेको छ । 

यसै बीच भारतमा कोरोना संक्रमणको जोखिमका कारण रोकिएका व्यवसाय, संस्थाहरु सञ्चालन गर्न थालिएको छ ।  भारतका केही राज्यमा आजबाट पठनपाठनका लागि विद्यालयहरु खुल्ने भएका छन् । कोरोना संक्रमणबाट अति प्रभावित मध्येको उक सहर मुम्बईमा रेल पनि चल्ने भएको छ । 

पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चल लगायत प्रदेशमा आजबाट विद्यालयहरु खुल्दैछन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय आएर अध्ययन गर्नेछन् । उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइनेछ । तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन । पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । 

एउटा सिटमा एक जना मात्र विद्यार्थी बस्ने व्यवस्था मिलाइएको छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ । सिक्किममा पनि आजदेखि विद्यालयहरु खुल्दैछन् । त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएको छ । 
विद्यालयमा विद्यार्थी उपस्थित हुनका लागि स्वास्थ्य सुरक्षाका मापदण्डमा भने कडाई गरिएको छ । 

यसैगरी मुम्बईमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । भारतीय मिडियाले दिएको जानकारी अनुसार बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल चल्नेछ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार ९:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया