चीनले कोभिड–१९ विरुद्धको आपतकालीन खोपलाई प्रयोग गर्नका लागि तीन सहरमा अनुमति दिएको छ । जेझियाङ राज्यका तीन सहर निङबो, यिवु, शाओजिङमा कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको हो ।
पहिले अग्रपंतिमा खटिएका व्यक्तिहरुलाई खोप दिइने भएको छ । यसपछि प्राथमिकताका आधारमा विस्तारै खोप आम व्यक्तिहरु सम्म पुर्याउने बताइएको छ ।
कोभिड–१९ भाइरसको उत्पति भएको मानिएको चीनमा हालसम्म कोरोना विरुद्धका ११ भ्याक्सिन तयार पारिएको दाबी गरिएको छ ।
यिनै मध्ये केहीलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । केहीले परीक्षणको चरणमा रहेका छन् भने केही परीक्षण अनुमति पाउन प्रयासरत छन् । चीनको हालसम्म करिब ९१ हजार कोरोना संक्रमित फेला परेका छन् । यसमा ४ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।