संसदीय सुनुवाइ समितिमा राजदूतविरुद्ध चार उजुरी

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेका छन् ।

समितिले प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताए । समितिले असोज २१ गते १० दिनको म्याद  दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

सभापति कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए ।

उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाविरुद्ध ३ वटा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एउटा रहेको सभापति कर्णले बताए । 

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवाशीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवाशीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवाशीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवाशीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानिया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि गैरआवाशीय राजदूतमा नियुक्त गर्न सिफरिस गरेको छ ।



 



  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १५:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया