संक्रमितको शव व्यवस्थापनबारे सरकारले कुरा फेर्‍यो
फाइल फोटो

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनबाट सरकार पन्छिएको भन्ने तथ्य गलत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे स्पष्ट पारेका छन् । होम आइसोलेसनमै मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन यसअघि जस्तै नेपाली सेनाको टोलीले जारी राख्ने गौतमले बताए । 

सेनाको व्यवस्थापन टोली पुग्न नसकेको अवस्थामा र मृतकका परिवारका सदस्य आफैंले अन्त्येष्टि गर्न चाहेको खण्डमा मात्रै परिवारले नै शव व्यवस्थापन गर्न भनिएको प्रवक्ता गौतमले दावी गरे । 

कोेरानाबाट मृत्यु भएका धेरैका आफन्तले आफ्नै परम्परा अनुसार अन्त्येष्टि गर्न पाउनु पर्ने माग गरेकाले मात्रै परिवारले नै शव व्यवस्थापन गर्नेबारे निर्णय गरेको उनको भनाइ छ । 

‘यसबारे धेरै प्रश्न पनि उठेको छ, कुरा नबुझेजस्तो लाग्यो, प्रवक्ता गौतमले भने। ‘धेरै समुदाय र संघ संस्थाबाट मृतकको अन्त्येष्टि परम्परा अनुसार नै गर्न पाउनुपर्छ भन्ने माग भएकाले मात्रै यस्तो निर्णय गरेको हो ।’  

संक्रमितको शरीरबाट निस्किएका थुक र र्‍यालबाट मात्रै भाइरस सर्ने भएकाले सावधानी अपनाएर परिवारका सदस्यले शव व्यवस्थापन गर्दा सर्ने सम्भावना न्यून भएएको प्रवक्ता गौतमले बताए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १६:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया