यी कारण जसले फेरि अमेरिकी राष्ट्रपति बनाउन सक्छ ट्रम्पलाई

केही दिन यता जारी गर्न थालिएका जनमत सर्वेक्षणमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनको उपस्थिति बलियो देखिन थालेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार तथा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यो दौडमा निकै अगाडि रहेका छन् ।

अब यी दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने निश्चित छ । 

यसपटक अमेरिकामा चुनावी कोषमा डेमोक्रेटिक पार्टीले अहिलेसम्मकै सबैभन्दा धेरै पैसा पनि उठाएको छ । यसको अर्थ हो, यसले डेमोक्रेटिक  पार्टीलाई प्रचार प्रसारमा निकै ठूलो सहयोग गरेको छ । योसँगै ट्रम्पले यसपटक निर्वाचन हार्न सक्ने अनुमान पनि सुरु भएका छन् ।

फाइभथर्टीएटडटकमका अनुसार यसपटक बाइडेनले निर्वाचन जित्ने सम्भावना ८७ प्रतिशत रहेको छ । अरु वेबसाइटहरुले पनि बाइडेन अब अमेरिकाका राष्ट्रपति बन्ने सम्भावना ८३ प्रतिशतभन्दा माथि रहेको बताएका छन् । 

तर, यस्तो भविष्यवाणी त यसअघि पनि भएको थियो । 

तर, चुनावको अन्तिम नतिजा ट्रम्पको पक्षमा थियो । के यसपटक गरिएका अनुमानलाई पनि ट्रम्पले गलत प्रमाणित गर्लान् त ?



उनलाई सहयोग गर्न सक्ने कारणः 

अघिल्लो अक्टोबरको विवाद



सन् २०१६ मा राष्ट्रपति निर्वाचनभन्दा ११ दिन पहिले मात्र तत्कालीन एफबिआइ प्रमुख जेम्स कोमीले हिलारी क्लिन्टनविरुद्ध फेरि जाँच सुरु गर्ने बताएका थिए । यो हिलारी विदेशमन्त्री हुँदाको घटनाको कुरा थियो । त्यति बेला हिलारीले निजी इमेल सर्भरको प्रयोग गरेको बताइएको थियो ।

त्यसपछि यही विषयमा लामो समयसम्म त्यहाँ चर्चा चल्यो ।

फेरि अहिलेको निर्वाचनमा पनि यही विषयमा चर्चा सुरु हसन थालेको छ । जसका कारण राष्ट्रपति ट्रम्पलाई यो निर्वाचन पनि जिताउन सक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म ट्रम्पका लागि खुसीको कुरा चाहिँ आएको छैन । बरु उनले ट्याक्स रिटर्नमा धाँधली गरेको र कोभिड १९ का कारण उनी अस्पतालमा भर्ना भएको विषयले उनीबारे नकारात्मक सन्देश बाहिर ल्याएको छ ।

यसअघि न्यूयोर्क पोस्टमा एक लेख र रहस्यमय ल्यापटपको विषयमा एउटा इमेलको दाबी गरिएको थियो । यसमा जोडिएको छ– जो बाइडनले आफ्ना छोरा हन्टरलाई युक्रेनको एक ग्यास कम्पनीका लागि गरिएको लबिइङबारे थियो ।

अब कन्जर्भेटिभ पार्टीले यसलाई ठूलो मुद्दा बनाउने तयारी गरेको छ । अनि यो आरोपमा संदिग्ध भएकै कारण बाइडेनलाई समस्या पर्न सक्ने देखिएको छ। 

डोनाल्ड ट्रम्पले यस विषयमा बोलेका पनि छन् । उनले अब केही समयमा थप केही विशेष आउनसक्ने बताएका थिए । 

यदि यो एउटा सुरुवात भयो भने बाइडेनका लागि यो ठूलो समस्या देखिन सक्नेछ ।

 

सर्भेहरु गलत हुनसक्छन् 

हो, डेमोक्रेटिक पार्टीका लागि राष्ट्रपति पदका लागि उम्मदेवार छानिएपछि बाइडेन विपभिन्न सर्वेक्षणमा अगाडि देखिएका छन् । उनले ट्रम्पलाई निकै पछाडि पार्न सक्ने सम्भावना पनि रहेको छ ।

यस्ता अनुमान र सर्वेक्षणमा के देखिएको छ भने केही राज्यमा बाइडेनको अग्रता निकै राम्रो देखिएको छ ।

सन् २०१६ को निर्वाचनलाई हेर्ने हो भने त्यति बेला गरिएका यस्ता सर्वेक्षण सबै गलत सावित भएका थिए । त्यति बेला पनि अमेरिकामा राष्ट्रपतिका लागि हिलारी क्लिन्टन छानिन सक्ने बताइएको थियो । तर, निर्वाचनको नतिजा त्यस्तो रहेन । 

त्यसैले एउटा सामान्य अनुमान के गर्न सकिन्छ भने यसपटक पनि यसअघि भएको गल्तीजस्तै सर्वेक्षण गल्ती हुनसक्छ । यसको अर्थ हो, फेरि यसपटक ट्रम्प यो निर्वाचनमा विजयी भएर एकपटक फेरि अमेरिकी राष्ट्रपति बन्न सक्छन् ।

फेरि यसपटक निकै धेरै अमेरिकीहरुले इमेलबाट पनि भोट गर्दैछन् । त्यसैले अहिलेका सर्वेक्षण गलत हुनसक्ने अनुमान गरिएको छ ।

 

राष्ट्रपति बहसले बदलेको सिनारियो

करिब दुई साताअघि डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भएको बहसपछि डोनाल्ड ट्रम्पका लागि अवस्था उस्तै रहेन । उनका लागि खराब समय सुरु भयो । 

उनलाई महिलाहरुले केही स्थानमा मन नपराएको विषयमा चर्चा हुन थाल्यो । अनि विभिन्न क्षेत्रमा महिलाहरुबाट आउने मतका लागि समस्या देखिन थाल्यो । 

यही समयमा बाइडेनमाथि आशंका पनि गरिएको छ । तर, उनले आफ्नो उमेरको विषयलाई त्यति चासो नदिन बताइरहेका छन् । 

अब यी दुईबीच एउटा बहस बाँकी छ । यदि यो बहसमा पनि ट्रम्पले यसअघिको गल्तीलाई स्वीकार गरेर आफूलाई सही प्रमाणित गरिदिए भने यसले उनको पल्ला भारी हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १२:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया