सरकारले सरकारी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको पनि शुल्क लाग्ने निर्णय गरिसकेको छ । केन्द्र सरकारले यस्तो नीति ल्याए पनि लुम्बिनी प्रदेशमा भने संक्रमितको निशुल्क उपचार हुने भएको छ ।
यसअघि हुँदै आए अनुसार नै सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार जारी रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशका तीन जिल्लामा सञ्चालित अस्पतालमा संक्रमितको निशुल्क उपचार व्यवस्था यथावत नै रहेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलका अनुसार कोरोना विशेष अस्पताल, रुपन्देहीको भीम अस्पताल, बुटवल धागो कारखाना, दाङको नेपाल संस्कृत विश्वविद्यालयको कोरोना विशेष अस्पताल र बाँकेको क्यान्सर अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ ।
संक्रमित बिरामीको दर पनि बढ्दै गएकाले प्रदेश सरकारले अस्पतालमा राख्नुपर्ने अवस्थाका बिरामीका लागि निशुल्क उपचार व्यवस्था यथावत नै राखेको पोखरेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।