प्यूठानमा यात्रुबस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते
फाइल फोटो

दाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको गोलबाङमा यात्रुबस दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । माण्डवी गाँउपालिका –२ तिराम प्यूठानबाट दाङका लागि छुटेको त्रिसिद्धेश्वरी राप्ती सार्वजानिक यातायात प्रालिको ना ४ ख ५५६१ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकदेखि करिब एकसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 प्रहरीका अनुसार दुर्घटनामा परी बसका चालक दाङका ४० वर्षीय तारा रानाको मृत्यु भएको छ  ।  घाइते हुनेहरुमा माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका–५ की ३० वर्षीया वसन्ती विक रहेका छन् । घाइते तीनजनालाई उपचारका लागि दाङ ल्याइएको छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १२:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया