विश्वभर कोरोना भाइरसबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । हालसम्म संसारभरका ३ करोड ३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो तथ्यांक अनुसार नयाँ संक्रमण र मृत्युदर नघटे पनि संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेका साइटको विवरण अनुसार विश्वभर ३ करोड ३ लाख ४७ हजार ४०१ जना कोरोनाबाट निको भएका हुन् ।
गत वर्षको डिसेम्बर अन्तिममा चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख २२ हजार ७५८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ४ करोड ६ लाख ३४ हजार ८१६ पुगेको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २५ हजार २२२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८४ लाख ५६ हजार १६९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६ हजार ८४२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४४२ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४९८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५२ लाख ५१ हजार १२७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३२१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २२६ पुुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।