कैलालीमा प्रहरी हत्या आरोपमा पक्राउ परेका सातजना सार्वजनिक

कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या आरोपमा पक्राउ परेका सातजनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी हत्या आरोप स्वीकार गरेका उनीहरूलाई सार्वजनिक गरेको हो । 

धनगढी उपमहागनरपालिका वडा नम्बर १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज र जवानको हत्या आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई सार्वजनिक गरेको छ ।

उनीहरूले हत्याको आरोप स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार आरोपीले नेपालबाट भारत मटहर सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि लाठी र कोदालोले आक्रमण गरी हत्या गरेको स्विकारेका छन् ।

प्रहरीले पक्राउ गरेका १६ जनामध्ये सातजनाले मात्रै अपराध स्वीकार गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रहरी सहायक निरीक्षक विकको शव र उनीहरूले गस्तीमा जाँदा प्रयोग गरेको मोटरसाइकल आइतबार बिहानै मोहना नदीको किनारमा फेला परेको थियो भने प्रहरी जवान साउदको शव प्रहरीले मोहना नदीको मझधारमा गाडिएको अवस्थामा फेला पारेर मंगलबार झिकेको छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १७:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया