सोमालियामा सरकारी कारबाहीमा १८ लडाकूको मृत्यु

सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल–शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ ।

एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो ।

सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले स्थानीय संवाददाताहरुलाई विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको जानकारी दिए ।

कमान्डर जियादले विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको बताए । लोअर शाबेले क्षेत्रमा विद्रोहीका युद्धकार्य कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए ।

हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । ग्रामीण क्षेत्रमा पकड बनाएका विद्रोहीहरुले सेनालाई लक्षित गरी बाटाहरुमा बारुदी सुरुङ बिछ्याउने र विद्युतीय धराप राख्ने गरेको सेनाले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार २०:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया