जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार र फजुल खर्च रोके जनताको निःशुल्क उपचार गर्न सकिने बताएका छन् ।
कोरोना संक्रमितको निःशुल्क उपचारको दायित्वबाट सरकार भाग्नु गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको भन्दै बाबुरामले यस्तो बताएका हुन् । सरकार दायित्वबाट भाग्दा महामारीले झन् विकराल रुप लिने उनको भनाइ छ ।
पैसाको अभाव नभएको भन्दै बाबुरामले फजुल खर्च र भ्रष्टाचार रोके जनताको ज्यान जोगााउन सकिने बताएका हुन् ।
‘कोरोनापीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘यसले महामारी झन् विकराल बन्नेछ ! यो पैसाको अभावले हैन । जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ, भ्रष्टाचाररफजुलखर्च रोके पुग्छ।’
बाबुरामले अस्पतालमा दानपत्र राख्न सुझावसमेत दिएका छन् । उनले दानपत्र राखेमा धनीले त्यही पैसा राख्ने र जनताको निःशुल्क उपचार गर्नुपर्न बताएका हुन्।
‘अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं’, बाबुरामले थप लेखेका छन्, ‘तर सबैलाई निशुल्क गरौं ।’
कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!
— Baburam Bhattarai (@brb1954) October 21, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।