पेट्रोलमा डिजेल मिसाएर बेच्ने पम्प सिल गरियो
फाइल फोटो

पेट्रोलमा डिजेल मिसाएर बेच्ने सुर्खेत वीरेन्द्रनगरको एक पम्पलाई कारबाही गरिएको छ । वीरेन्द्रनगरस्थित शंकर आयल स्टोर्स कारबाहीमा परेको हो । 

त्यस पम्पमा हालेको पेट्रोलका कारण मोटरसाइकलको इन्जिन बिग्रिएपछि एक उपभोक्ताले उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी पम्प सिल गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

पम्पका सञ्चालक डम्मर महताराले भने अनुगमन टोलीसमक्ष भुलबसको त्यस्तो भएको भनेका छन् । उनले डिजेल ट्यांकरबाट तेल खन्याउँदा  भुलवश पेट्रोलको ट्यांकीमा  मिसिन पुगेको दावी गरेका छन् । 

मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले  केही उपभोक्तालाई पेट्रोल बेचेको उहाँको भनाइ छ । बिक्रेताले इन्धनमा मिसावट गरेको प्रमाणित भएमा पहिलो पटक एक लाख जरिवाना सहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १२:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया