च्याम्पियन्स लिगमा आज आठ खेल

च्यम्पियन्स लिग अन्तर्गत आज ८ खेल हुँदैछन् । साविक विजेता बार्यन म्युनिख, रियल मड्रिड, लिभरपुल, म्यानचेस्टर सिटी जस्ता बलिया  क्लब मैदानमा उत्रिदैछन् । 
नेपाली समय अनुसार राति १०ः४० मा दुई खेल सुरु हुन्छन् । समुह ‘बी’ मा रहेको रियल मड्रिडले घरेलु मैदानमा साख्तर डेनोक्सको सामना गर्नेछ । रियल मड्रिड आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । 

समुह ‘ए’ अन्तर्गतको खेलमा साल्जबर्ग र लोकोमोटिभ मस्को पनि आमने सामने हुनेछन् । खेल साल्जबर्गको घरेलु मैदानमा हुनेछ । नेपाली समय अनुसार राति पौने १ मा एकै साथ ६ खेल हुँदैछन् । समूह ‘डी’ अन्तर्गत हुने खेलमा मिद्त्जिल्यान्डले घरेलु मैदानमा एटलान्टाको सामना गर्दा आयक्सले पनि घरेलु मैदानमा लिभरपुलाई आतित्थ्य गर्नेछ ।

समुह ‘बी’मा रहेका इन्टर मिलान र बेरुसिया मोन्चेनग्लाडबाचले एक अर्काको सामना गर्नेछन् । खेल इन्टर मिलानको घरेलु मैदानमा हुनेछ । समूह ‘सी’अन्तर्गत हुने खेलमा पोर्टोले घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दा ओलम्पियाकसले पनि घरेलु मैदानमा मार्सेलीको सामना गर्नेछ ।

आजको बहुप्रतिक्षित खेलमा समुह ‘ए’ मा रहेका साविक विजेता  जर्मन क्लब वायर्न म्युनिख र  स्पेनिस क्लब एथ्लेटिक मड्रिडबीचको प्रतिस्पर्धा रहेको छ।
बार्यन घरेलु मैदानको फाइदा उठाउदै जित हात पार्ने दाउमा हुनेछ भने एथ्लेटिको पनि सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । 

 
 


 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १२:४८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया