भारतले आफ्नो नियन्त्रणमा रहेका चिनियाँ सैनिकलाई मुक्त गरेको छ । भारत–चीन सीमा क्षेत्र लद्दाखमा सीमा पार गरेर भारतर्फ आएको भन्दै भारतीय सेनाले एक चिनियाँ सेनालाई नियन्त्रणमा लिएको थियो ।
भारतीय सेनाले बुधबार बिहानै नियन्त्रणमा लिइएका सैनिकलाई फिर्ता गरेको ग्लोबल टाइम्सले जानकारी दिएको छ । ग्लोबल टाइम्सका अनुसार दुई देशका सैनिक कमान्डरबीच ८ चरणको वार्तापछि भारतीय सेनाले चिनियाँ सैनिकलाई नियन्त्रण मुक्त गरेको हो ।
गत आइतबार राति एक गोठालालाई उनको हराएको याक खोज्न सहयोग गर्ने क्रममा ती सैनिक भारतीय भूमिमा प्रवेश गरेका थिए । भारतले आफूहरुले प्रोटोकल अनुसार नै चिनियाँ सेनालाई फिर्ता गरेको बताएको छ । उनलाई उपचार पनि गरेको जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।