पाकिस्तानमा लगाइएको टिकटक प्रतिबन्ध केही खुकुलो

 पाकिस्तानले यसअघि टिकटकमा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिबन्ध लगाइएको १० दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो । सोमबारदेखि नै पुरानो निर्णयलाई संशोधन गरिएको पाकिस्तानका सरकारी अधिकारीले जनाएका छन् । 

पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मुस्लिम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मूल्य मान्यताको उल्लंघन भएको र मुस्लिम संस्कृतिमा नसुहाउने गतिविधि टिकटकमार्फत भएको भन्दै प्राधिकरणमा उजुरी परेको प्राधिकरणले बताएको थियो । 

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि टिकटक प्रतिवन्ध लगाएको थियो । 

अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उच्छृङ्खल नहुने किसिमका भिडियो भने सेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीको भनाइ छ ।

टिकटक प्रतिवन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिबन्धात्मक व्यवस्थासहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा उल्लेख छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १४:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया