राष्ट्रिय सभा अध्यक्षलाई राजदूतको प्रश्न : कोरिया नेपालको प्राथमिकतामा नपरेको हो ?
फाइल फोटो

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङसिकबीच भिेटवार्ता भएको छ ।  भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापका विषयमा समेत कुराकानी भएको छ । 

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपाल समेत परेको भन्दै कृतज्ञता व्यक्त गरे । 

भेटका क्रममा राजदूत योङसिकले नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो की भन्दै चासो व्यक्त गरेका थिए । अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सँधै नेपालको प्राथमिकतामा भनी आश्वस्त पारेका थिए । राजदूत नियुक्तिमा भएको ढिलाई प्रति सरकार सचेत रहेको भन्दै छिट्टै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १४:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया