चीनले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग गर्दै ब्राजिल

ब्राजिलले चीनले बनाएको कोरोना विरुद्धको खोप प्रयोगमा ल्याउने घोषणा गरेको छ । ब्राजिली अधिकारीले बुधबार उक्त घोषणा गरेका हुन् ।

रोयर्टसका अनुसार साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले चार करोड साठी लाख कोरोनाभ्याक खोप खरिद गर्न सहमति दिएको जानकारी दिएका हुन् । ब्राजिल कोरोनाभाइरसले अत्यन्तै प्रभाबित राष्ट्रमध्ये एक हो ।

ब्राजिलमा हाल करिब ५३ लाख सङ्क्रमितको पुष्टि भइसकेको छ । अमेरिका र भारतपछि यो सबैभन्दा ठूलो सङ्क्रमित संख्या हो । 

मृतकको आधारमा अमेरिकापछि ब्राजिल दोस्रो बढी प्रभाबित हो । ब्राजिलमा हालसम्म सङ्क्रमणबाट करिब एक लाख ५५ हजार ब्यक्तिको मृत्यु भएको हो ।

ब्राजिली स्वास्थ्य नियामक निकायले स्वीकृति दिए अक्सफोर्डले विकास गर्न लागेको आष्ट्राजेनेकापछिको चिनियाँ कम्पनी सिनोभ्याकको कोरोनाभ्याक ब्राजिलमा प्रयोगमा ल्याइने दोस्रो खोप हुनेछ । 

चिनियाँ खोपको क्लिनिकल ट्रायल ब्राजिलमा साओ पाउलोस्थित बुटान्टन इन्स्टिच्युटले गर्ने बताइएको छ । ट्रायल सकिएपछि मात्रै प्रभाबकारी र थप सुरक्षा सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिने इन्स्टिच्युटले जनाएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १४:५९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया