प्रिती जिन्टाले  भनिन् ‘म कोभिड टेस्ट क्‍विन’

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण सयुक्त अरब इमिरेट्स (युएई) मा जारी छ । सेप्टेम्बर १९ देखि सुरु भएको प्रतियोगिता  नोभेम्बर १० सम्म चल्नेछ । 

आइपिएल टिम किंग्स ११ पञ्जाबकी लागनीकर्ता तथा अभिनेत्री । जिन्टा लिगको सुरुवात देखिनै टिमको साथमै छिन् । उनी टिमको हौसला बढाउन हरेक खेलमा उपस्थित भइरहेकी छिन् । ले समाजिक सञ्जाल इन्स्टाग्राममा  एउटा भिडियो सेयर गर्दै आफूलाई कोभिड टेस्ट क्विन बताएकी छिन् । प्रितीले युएई पुग्नु अगाडिदेखि अक्टोबर २० सम्म गरी २० पटक कोभिड जाँच गराइसकेकी छिन् ।  सबै जाँचमा नेगेटिभ रिपोर्ट  आएको छ ।  

के हो बायो बबल अइपिएल ?

प्रितीले धेरैले आफूसँग बायो बबल आइपिएल के हो ? भनेर सोध्ने गरेको भन्दै त्यसको जवाफ पनि दिएकी छन् । ‘म बताउन चाहन्छु की बायो बबल आइपिएल भनेको के हो ? यो ६ दिनको क्वारेन्टाइन देखि सुरु हुन्छ । प्रत्येक ४–४ दिनमा कोभिड टेस्ट गर्नुपर्छ र कसैलाई पनि बाहिर जाने अनुमाति हुँदैन ।’ प्रिती भन्छिन्, ‘बाहिरको मानिसलाई भेट्न तथा खाना खान अनुमति छैन । यो म जस्ताका लागि निकै कठिन छ तर म ती सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिन चाहान्छु । जसको कारण यस्तो समयमा पनि आइपिएल आयोजना गर्न सम्भव भएको छ ।’ 

अम्पायरिङप्रति खुसी बेखुस् 

प्रितीले आइएिलको अम्पायरिङप्रति आफूखुसी नभएको समाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उनले २१ सेप्टेम्बरमा भएको  दिल्लीविरुद्धको खेलमा  अम्पायरको गलत निर्णयले आफ्नो टिमले पराजय व्यहोर्नु परेको भन्दै  ट्विट गरेकी थिइन् ।



सेप्टेम्बर २१ सम्म उनले ५ पटक कोभिड टेस्ट गरिसकेकी थिइन् । ले त्यो ट्विटमा कोभिड टेस्टले भन्दा अम्पायरको गलत निर्णयले आफूलाई बढी पीडा दिएको बताएकी थिइन्। 


 




    


 

  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १५:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया