गण्डकी प्रदेशका नेकपा सांसदले दसैँ भत्ता कोरोना उपचार कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश नेकपा संसदीय दलले आफ्ना सबै सदस्यको दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएको छ । गण्डकी प्रदेश नेकपा संसदीय दलको निर्णयअनुसार सबैले रकम फिर्ता गर्ने भएका हुन् ।  

गण्डकी प्रदेश नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । ‘नेकपा गण्डकी संसदीय दलका सबै सदस्य सांसदको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने हाम्रो दलको निर्णय भएको छ ।’ गुरुङले लेखेका छन्, ‘हाम्रा सबै सांसदको भत्ता कोरोना कोषमा जम्मा हुनेछ ।’
 
यसअघि आजै बिहान मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको उनले जानकारी गराएका छन् ।

यसअघि गण्डकी प्रदेशका नेपाली कांग्रेसका सांसदले पनि दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १७:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया