बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते

बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । 

प्रदेश नम्बर २ का प्रहरी प्रमुख धीरजप्रताप सिंहका अनुसार भारतीय नागरिक बृजकिशोर कुशवाह घाइते भएका हुन् । 

भारतीय सीमाको बंकुर नाकामा भारतबाट नेपाल आएका कुशवाहलाई प्रहरीले सोधपुछ गर्दा उनले पेस्तोल देखाएर प्रहरीलाई आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाएको प्रहरीको दाबी छ । 

कुशवाहको पाखुरामा गोली लागेको र उनीमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १७:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया