बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानमन्त्रीसँगै रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहन्छन् । 

बालुवाटार स्रोतले जानकारी अनुसार बैठकमा देशको आन्तरिक तथा बाह्य सुरक्षाको स्थितिबारे छलफल भएको थियो ।

बैठककै दिन बुधबार भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख नेपाल आएका थिए । सुरक्षापरिषदको बैठक र रअका प्रमुखको नेपाल आगमन एकै दिन पर्नु संयोग मात्रै हो कि अर्थपूर्ण हो भन्नेबारे नेपालको आगामी राजनीतिक घटनाक्रमले पुष्टि गर्दै जाला ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १९:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया