उपराष्ट्रपतिले चाडपर्व खर्चबापतको रकम कोरोना कोषलाई प्रदान गर्ने

आफूलाई प्राप्त भएको चाडपर्व भत्ताबापतको रकम फिर्ता गरेर कोरोना कोषमा जम्मा गर्ने लहर नै चलेको छ । संघीय सांसद मात्र होइन, प्रदेशका सांसदले पनि यस्तो रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरिरहेका छन् । 

यसैक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पनि थपिएका छन् । उनलेले आफूलाई प्राप्त हुने चाडपर्व खर्चबापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने बताएक छन् । 

बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो । 

उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका थिए । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १९:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया