चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
फरकधार / ५ कात्तिक, २०७७

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । 

रत्ननगर नगरपालिका वडा नम्बर–१३ निवासी ती पुरुष गत असोज २३ गते अस्पताल भर्ना भएका थिए । 

क्यान्सर रोगका समेत बिरामी रहेका उनको कोभिड ‘आइसियू’कक्षमा भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । 

  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १९:५५:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया