स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्‍यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणले विश्व त्रासमा छ । पछिल्ला दिनमा यूरोपमा यो फैलदै गएको छ। 

बीबीसीले उल्लेख गरे अनुसार स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । योसँगै स्पेन पश्चिम यूरोपमा १० लाख भन्दा धेरै संक्रमित हुने पहिलो देश बनेको छ । 

स्पेनमा सन् २०२० को जनवरी ३१ मा पहिलो संक्रमित भेटिएको थियो ।  पछिल्लो २४ घण्टामा झण्डै १७ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या १० लाख नाघेको हो । । त्यहाँको सरकारले अहिलेसम्म १० लाख ५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि गरेको छ ।

यता विश्वभरकै कोरोना संक्रमितको संख्या अपडेट गर्दै आएको  वल्डोमिटरका अनुसार स्पेनमा संक्रमितको संख्या १० लाख ४६ हजार नाघेको छ । 

विश्वमा कोरोनाले सबैभन्दा धेरै प्रभावित देश अर्थात् १० लाख भन्दा बढी संक्रमित हुने देशमा अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिना रहेका छन् । 

अहिलेसम्म विश्वभर ४ करोड १४ लाख भन्दा धेरै मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ८ लाख निको भएका छन् । संक्रमित मध्ये ११ लाख ३५ हजारले कोरोनाकै कारण ज्यान गुमाएका छन् । 



९४ लाख ६६ हजार सक्रिय संक्रमित छन् । जसमध्ये ७४ हजारको अवस्था जटिल रहेको छ भने बाँकी ९३ लाख ९२ हजारको अवस्था सामान्य छ । 



अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८५ लाख ८० हजारमा कोरोना पुष्टि भएकोमा ५५ लाख ८५ हजार निको भएका छन् । २ लाख २७ हजारको भने मृत्यु भएको छ। 

अमेरिकापछि धेरै संक्रमित भएको भारतमा ७७ लाख बढी पोजेटिभ छन् । जसमध्ये भारतमा अहिलेसम्म ६८ लाख ७१ हजारले कोरोना जित्दा १ लाख १६ हजारको मृत्यु भएको छ । 

संक्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५२ लाख ९८ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ ४७ लाख २१ हजार निको हुँदा १ लाख ५५ हजारको मृत्यु भएको छ । 

  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ६:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया