च्यापियन्स लिग : घरेलु मैदानमा रियल मड्रिड पराजित

रियल मड्रिडले च्याम्पियन्स लिगको सुरुवात हारबाट गरेको छ । बुधबार राति भएको पहिलो खेलमा मड्रिड शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको हो ।

घरेलु मैदानमै पराजयबाट लिगको सुरुवात गरेको रियलले तीन गोल खाएको हो । रियलका लागि राफायल भरानेको आत्मघाती गोल महंगो सावित भयो ।

खेलको २९ औं मिनेटमा रियलमाथि शाख्तरका टेटेले गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए ।  त्यसको चार मिनेट अर्थात् खेलको ३३ औं मिनेटमा भरानेले आत्मघाती गोल गर्दा रियल २–० ले पछि पर्यो । 

खेलको ३३ औं मिनेटमै २–० ले अगाडि रहेको शाख्तर उच्च मनोबलका साथ रियलमाथि हाबी भयो । ४२ मिनेटमा मानोर सोलोमोनले गोल गर्दै शाख्तरलाई ३–० अन्तरमा पुर्याए ।  पहिलो हाफमै ३–० गोल अन्तरमा रहेको रियलका लागि दोस्रो हाफ सान्त्वना गोल फर्काउनबाहेक उपलब्धिमुलक बन्न सकेन । 

दोस्रो हाफमा तनावका साथ मैदान उत्रिएको रियलका लागि ५४ मिनेटमा लुका मोड्रिचले सान्त्वना गोल गरे । सान्त्वना गोलले उत्साहित बनेको रियलका लागि अर्को गोल ५९ मिनेटमा मिनिसियस जुनियरले गरे । खेलको ६० मिनेट पुग्दा ३–२ को अन्तर बनाए पनि त्यसपछि रियलले गोल गर्न नसक्दा पराजय भोग्नु परेको हो। 

खेलको इन्जुरी समयमा रियलले गरेको एक गोल भने भीएआरले मान्यता नदिएपछि बदर भएको थियो । भीएआरमा अफसाइड देखिएपछि गोलले मान्यता नपाएको हो । 



पहिलो जितसँगै शाख्तरले तीन अंक जोडेको छ । लिग अन्तर्गत समूह ‘ए’का अन्य खेलमा साल्जवर्ग र लोकमोटिभ मस्कोले २–२ गोलको बराबरी खेलेका छन् । 
 



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ६:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया