बिहीबार वडादसैंको नवरात्र अन्तर्गत छैटौं दिन कात्यायनी भगवतीको पूजा गरिदैँछ । कात्तिक १ गते शनिबार नवरात्रको पहिलो दिन दसैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरेपछि नौ दिनसम्म देवीका विभिन्न रुपको पूजापाठ हुन्छ ।
पहिलो दिन शैलपुत्रीको आह्वान गरेर पूजा गरिएको थियो भने दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीको पूजा भयो । तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको पूजा भयो भने चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको पूजा गरिएको थियो ।
बुधबार पाँचौं दिनमा स्कन्दमाताको विधिपूर्वक पूजा भएको छ भने छैठौं दिन आज कात्यायनी भगवतीको पूजा भइराखेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीमा कात्यायनी भगवतीको विधिपूर्वक पूजा हुन्छ ।
कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
अघिल्ला वर्षमा दुर्गाका मन्दिर तथा शक्तिपीठमा दर्शनका लागि दर्शनार्थीको भिड लाग्ने गरेको थियो । यो वर्ष कोरोना सङक्रमण जोखिमका कारण शक्तिपीठ प्रायः धेरै बन्द छन ।
सरकारले कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै शक्तिपीठमा नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण फैलने जोखिमका कारण भीडभाड कम गर्न सरकारले यस्तो निर्देशन दिएपछि भीडभाड हुने शक्तिपीठ हुनसान छन् । धेरै भक्तजनले घरघरमै देवीको पूजा गरिराखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।