एक गर्भवतीसहित थप तीन कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

एक गर्भवतीसहित थप तीन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवनमा गर्भवती, रुपन्देही र अर्घाखाँचीमा दुई पुरुष गरेर थप तीन जनाको मृत्यु भएको हो । 

भरतपुर अस्पतालमा उपचार गराइरहेकी मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया गर्भवतीको कोरोनाले मृत्यु भएको हो । स्थायी घर तनहुँ भएकी उनको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

ति गर्भवतीमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ३७ हप्ताकी गर्भवती भएको अस्पतालले जनाएको छ।

त्यसैगरी रुपन्देही र अर्घाखाँचीका दुई पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ का ८१ वर्षीय वृद्ध र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।​

तिलोत्तमाका पुरुषमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने अर्घाखाँचीका पुरषमा असोज २२ गते संक्रमण पुष्टि भएको हो । 

थप तीन जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ भने कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ छ । 



नेपालमा कोरोना जित्नेको संख्या ९९ हजार ६०५ रहेको छ । पछिल्लो २४ घण्टामा ३७ सय बढीमा कोरोना संक्रमण पुष्टि हुँदा तीन हजारले कोरोना जितेका छन् । नेपालमा पछिल्ला दिनमा संक्रमण तिब्र रुपमा फैलिरहेको छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ९:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया