सुनको मूल्य दुई सय रुपैयाँ बढ्यो

बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ । दुई सय रुपैयाँ बढेसँगै आज सुन तोलाको ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइराखेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि डलरको मूल्य बढ्दा बिहीबार सुनको मूल्य बढेको हो ।

सुन बुधबार तोलामा आठ सय रुपैयाँ बढेसँगै ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो साता तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबारदेखि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार, सोमबार र मंगलबार सुनको मूल्य स्थिर थियो। 

त्यसैगरी चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी बिहीबार तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी  तोलाको १२ सय १० रुपैयाँमा कारोबार भएको थियो । 
 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ११:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया