सिटीईभीटीले डिप्लोमा तहको नियमित र आंशिक परीक्षा मंसिरमा गर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभीटीले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा मंसिर ८ गतेदेखि सुरु हुने भएको छ ।

सिटीईभीटीले सूचना निकालेर डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा मंसिर ८ गतेदेखि सुरु गर्ने जानकारी दिएको हो । 

डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने कात्तिक २२ गते सञ्चालन हुने सूचनामा उल्लेख छ । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भएपछि स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागिएको हो । 

नेपाल सरकार, प्रदेश सरकार र पालिकाले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीईभीटीले जनाएको छ। 

कोरोना संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था पनि गरिने छ । परीक्षा जुधेका परीक्षार्थीलाई एक हप्ताभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ११:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया