सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा स्थायी समिति सदस्य तथा सांसद भीम रावलले प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई भेटेको विषयमा आपत्ति जनाएका छन् । बिहीबार ट्विटरमा लेख्दै रावलले नेपालको परराष्ट्र नीति र कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई भेट गरेको आरोप लगाएका छन्।
‘नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर ‘रअ’ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो यो आपत्तिजनक छ’ उनले ट्विरमा लेखेका छन् ।
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।