एमडी र एमबिबिएसका कक्षा सञ्चालन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । दसैँका अवसरमा प्रतिष्ठानद्वारा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारबाट पाँच सिट स्नातकोत्तर तहको अध्यापनका लागि अनुमति प्राप्त भएको जानकारी दिए । प्रतिष्ठानले विश्वविद्यालयस्तरको मान्यता पाएको भन्दै उनले आगामी शैक्षिक सत्रमा एमबिबिएसका लागि समेत तयारी भइरहेको बताए । 

प्रतिष्ठानले एमडी जनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिन तीन, एमडी एनेस्थेसिया एण्ड क्रिटिकल केयर एक, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीतर्फ एक सिटको कार्यक्रम अनुमति प्राप्त भएकाले अध्ययन अध्यापन अघि बढ्ने उनले बताए । त्यसैगरी, प्रतिष्ठानमा ब्याचलर अफ नर्सिङ, ब्याचलर फार्मेसी, ब्याचलर इन क्लिनिकल न्यूट्रिसनसमेत सञ्चालन हुने बताइएको छ ।

सरकारले गत साउन ३० गते प्रतिष्ठानलाई स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्यापनको अनुमति दिएको थियो । प्रतिष्ठानले सार्वजनिक गरेको शैक्षिक योजनाको प्रतिवेदन अनुसार विसं २०७१ देखि २०७६ सम्म २६४ विद्यार्थी आरक्षित सिटमा भर्ना भएका थिए ।

हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी, ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ मिडवाइफरी अध्ययन गर्दै आएका छन् । 

रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड–१९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रदर्शन गरेको बताए । पिसिआर परीक्षणदेखि विभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार र नागरिकको सहयोग, सद्भावले थप काम गर्ने हौसला मिलेको बताए ।



एमडिएमएस कार्यक्रमसहित एमबिबिएस पढाउने तयारी भइरहेको बताउँदै रजिष्ट्रार काफ्लेले  सरकारले पूर्णरुपमा अगाडि बढाउने वचन दिएको बताए । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १५:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया