पर्सामा नेकपाका दुई समूहको झपड, एकको अवस्था गम्भीर
सांकेतिक तस्बिर

पर्सा जिल्लामा नेकपाकै दुई समूहबीच झपड भएको छ । झडपमा परी ६ जना घाइते भएका छन् , यसमध्ये एक जना गम्भीर घाइते रहेको पर्सा प्रहरीले जानकारी दिएको छ। 

पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिकास्थित पर्सौनी भट्ठामा झडप भएको हो ।  नेकपा गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा पूर्वएमाले र पूर्वमाअमोवादी पक्षबीच झडप भएको नेकपाका एक नेताले जानकारी दिएका छन् । 

पूर्व एमाले पक्षका केही नेताले कार्यक्रममा आफ्ना कार्यकर्तालाई नबोलाएको भन्दै विवाद सुरु गरेपछि झडपको स्थिति उत्पन्न भएको नेकपा पर्साका नेताहरुले जनाएका छन्।

झडपका क्रममा ४० वर्षीय मुकेश चौससिया गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचाररत भइरहेको छ । 

घटनाका मुख्य योजनाकार रहेका आशंकामा प्रहरीले पर्साका दुई नेकपा नेतालाई नियन्त्रणमा लिएको छ । पर्साका पूर्व सांसदसमेत रहेका ओलीनिकट नेता राजकुमार गुप्ता र ओलीनिकट नै मानिएका नेशनल मेडिकल कलेजका सञ्चालक समेत रहेका बसुद्धिन अन्सारीलाई प्रहरीले केहिबेर अघि नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार २०:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया