रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप ‘स्पुतनिक भी’ भारतमा पनि परीक्षण गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतका सय जना स्वयंसेवकहरूमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो परीक्षण दोस्रो चरणको हुनेछ । दोस्रो चरणको परीक्षणपछि  विज्ञहरुले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् । त्यसपछि तेस्रो चरणको परीक्षण गरिने जनाइएको छ । तेस्रो चरणको परीक्षण भने १ हजार ४०० जनामा गरिने पनि बताइएको छ ।

भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा. रेड्डिज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत सातामात्र अनुमति पाएको बताइएको थियो । सोही अनुरुप तयारी भएको हो ।  

तर, त्यो परीक्षणको समयका बारेमा भने अहिले नै निश्चित भएको छैन । अधिकारीहरुले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १९:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया